+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपालले अमेरिकालाई  दियाे १७१ रनको लक्ष्य

बर्दिया न्युज
२०८१ कार्तिक ४, आईतवार

अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा  नेपालले अमेरिकालाई  १७१ रनको लक्ष्य दिएको छ।

अमेरिकाको ग्रान्ड पेएरी स्टेडियमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो। कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपालले घरेलु टोली अमेरिकालाई दोस्रो टी–२० आई शृंखलामा १७१ रनको लक्ष्य दिएको हो।

कुशल भुर्तेलले अविजित रहँदै  ५४ बलमा ७ चौका र ६ छक्कासहित ९८ रनको योगदान दिए।

नेपालको सुरुआत भने खराब ब्याटिङबाट भएको थियो। ओपनर आसिफ शेख १ रनमै पेभिलियन फर्किए। त्यसपछि नेपालको इनिङ्स अनिलकुमार साह र भुर्तेलको रह्याे।  उनीहरुबीच दोस्रो विकेटका लागि ५९ रनको साझेदारी भयो। अनिल ३१ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २५ रनमा आउट भए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ