+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले जित्याे सिरिज

बर्दिया न्युज
२०८१ कार्तिक ४, आईतवार

अमेरिकाविरुद्धको  टी–२० आई सिरिजको दोस्रो खेलमा पनि  नेपालले जित हात पारेको छ। आइतबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो। अमेरिकामा जारी दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अगावै जितेको छ।

सुपर ओभरमा अमेरिका पहिले ब्याटिङमा आएको थियो। अमेरिकाका आन्द्रेस गौस र सायन जाहान्गिर ब्याटिङमा आएका थिए। बलिङमा नेपालको तर्फबाट सोमपाल कामी आएका थिए । सुपर ओभरको पहिलो र दोस्रो बलमा समान १ रन लिएको अमेरिकाकाले तेस्रो बलमा शायान जाहान्गिर र चौथो बलमा आरोन जोन्स आउट भए।

सुपर ओभरमा नेपालले ३ रनको सामान्य लक्ष्य पायो। सामान्य लक्ष्यका साथ नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए। अमेरिकाका लागि सौरभ नेत्राभाल्कर बलिङमा आएका थिए।

पहिलो बलमा कप्तान पौडेलले १ रन लिएका थिए। दोस्रो बलमा कुशलले १ रन लिए  तेस्रो बलमा कप्तान पौडेलले कुनै रन जोडेनन्। चौथो बलमा कप्तान पौडेलले १ रन लिदै नेपाललाई जित दिलाए।

त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनायो। र खेल सुपर ओभरमा पुगेको थियो।   दुईदेशीय सिरिज नेपालले चौथो पटक जितेको हो। यसअघि नेपालले मलेसिया, युएई र केन्यालाई सिरिजमा पराजित गरेको थियो।

तेस्रो तथा अन्तिम टि ट्वान्टी आई खेल सोमबार विहान रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ