+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेलिना राई र बलबहादुर राजवंशीको ‘मैले जिउने संसार’

बर्दिया न्युज
२०८१ मंसिर २३, आईतवार

मेलिना राई र बलबहादुर राजवंशीको स्वरमा ‘मैले जिउने संसार’ गीत सार्वजनिक भएको छ।

प्रेमभावको यो गीतमा रमेश मास्केको शब्द र बलबहादुरकै संगीत छ । गीतलाई सुरज श्रेष्ठले एरेन्ज गरेका हुन्।

यसअघि मेलिना र बलबहादुरले गाएको ‘जेल पनि सहुँला’ गीत लोकप्रिय भएको थियो। गीतको भिडियोमा कुन्साङ बोम्जन र आरजु चौधरीले अभिनय गरेका छन्। जीवन शाही निर्देशित भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ। गायक बलबहादुर भ्वाइस अफ नेपाल सिजन २ का प्रतिपस्पर्धी समेत हुन्। उनका नेपालीका साथै राजवंशी, मैथिली र भोजपुरी भाषामा समेत गीत सार्वजनिक भएका छन्।

‘मैले जिउने संसार’ ‘बलबहादुर राजवंशी’ युट्युब च्यानलमा रिलिज गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ