सुर्खेत,
कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगरमा नियमित संक्रमित संख्या थपिँदै गएर सक्रिय संक्रमित पाँच सय नाघे पछि प्रशासनले निषेधाज्ञा कडा पार्न थालिको छ ।
पछिल्लो दिनयता बीरेन्द्रनगरमा नयाँ संक्रमितको संख्या नियमित बढ्दै गइरहेको हुँदा प्रशासनले पसल खोल्ने समयमा निगरानी बढाउँदै समय तोकेको हो । यस्तै परिस्थिति रहे छोटो समयमैं कोरोनाले भयभव स्थिति निम्त्याउने आकलन गर्दै प्रशासनले निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्दै खाध्यान तथा अन्य पसल बिहान ९ बजे देखि साझा ६ बजे सम्म मात्र सञ्चान गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ ।
औषधि तथा औषधिजन्य पसल, तरकारी, फलफूल, दूधजन्य र पेट्रोलपम्प भने २४ घण्टा खुला रहने छ । पछिल्लो समय सुर्खेतमा साउन २२ गते राति १२ बजे सम्म निषेधाज्ञा समेत जारी रहेको छ ।