+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लिभरपुर युरोपा लिगबाट बाहिरियो

बर्दिया न्युज
२०८१ बैशाख ७, शुक्रबार

काठमाडौं – लिभरपुल युराेपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । दोस्रो लेगमा बिहीबार एटलान्टालाई १–० ले हराए पनि युरोपा लिगमा उसको यात्रा समाप्त भएको छ । लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
यस जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो । मार्से, रोमा र लेभरकुजन पनि अन्तिम चारमा पुग्न सफल रहे । मार्सेले बेनफिकालाई १–० ले हराएपछि टाइ २–२ को बराबरीमा रह्यो र टाइब्रेरमा ४–२ ले विजयी रह्यो ।
रोमाले एसी मिलानलाई २–१ ले हराएर समग्रमा ३–१ को अग्रता लियो । यस्तै लेभरकुजनले वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–१ को अग्रता लियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ