+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल र युएईबिच सेमिफाइनल खेल आज हुने

बर्दिया न्युज
२०८१ बैशाख ७, शुक्रबार

काठमाडौं – ओमानमा जारी आसिसी प्रिमियर लिगको सेमिफाइनल खेलहरू आज हुँदै छन् । पहिलो खेल नेपाल र युएईबिच बिहान ११:४५ बजे र दोस्रो खेल ओमान र हङकङबिच दिउँसो ४:४५ बजे हुनेछ ।
नेपाल समूह ए को विजेता भएको थियो भने ओमान समूह बी को विजेता बनेको थियो ।
नेपाल समूह ‘ए’ बाट ४ खेलमा सबै जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा रहेको हो । युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।
नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।
नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाल त्यस हारको समेत बदला लिन चाहन्छ ।
नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा महत्वपूर्ण हुनेछ । कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्र राम्रो लयमा पनि छन् । उनलाई साथ दिन आवश्यक छ । युएईविरुद्ध गुलशन झाको इतिहास राम्रो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ