+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजदेखि नाटक’टिकट टू हलिउड’ मञ्चन हुँदै

बर्दिया न्युज
२०८१ बैशाख ८, शनिबार

शनिबारदेखि मण्डला थियटरमा नाटक ‘टिकट टू हलिउड’ मञ्चन  हुँदैछ।

सागर खातीले निर्देशन गरेकाे नाटकमा वैदेशिक मोहले मानिसहरुलाई कुन हदको सममस्यामा पुर्याइरहेको छ भन्ने विषयलाई समेटिएको छ।  मानिसहरु आफ्नो देश छाड्नको लागि पनि किन आन्दोलन गरिरहेको छ, यसको पछाडीको कारण के छ र जसरी पनि विदेश जाने लहडले मानिसलाई कुद हदसम्म पुर्‍याइरहेको छ भन्ने विषयलाइ उठान गरिएकाे निर्देशक खाती बताउँछन्।  नाटकमा मिलन कार्की र सुदिप खतिवडाको अभियनय रहेको छ । क्लेशा, लाटीको छोरो, मसानटार आन्दोलन, जालिनी, एण्टीगोनी लगायत एक दर्जन नाटकमा अभिनय गरिसकेका कलाकार खतिवडाले नाटकमा देखासिकी र लहडले मानिसलाई कुन हदको समस्यामा पुर्‍याइरहेको छ भन्ने देखाइएको बताए ।

केही सयम अघि कोटेश्वरको बाल कुमारीमा कोरिया जान इपियस भाषा परीक्षा दिएका युवाहरुको आन्दोलनमा मृत्यु भएका युवालाई प्रत्यक्ष देखेपछि यो विषयमा नाटक बनाउने विचार आएको उनले बताए ।  उनका अनुसार, आफुसँग थियटर गरिरहेका साथी तथा गुरुहरु पलायन भइरहदाँ यो विषयमा केही गरौ भन्ने अवचेत मनमा थियो । ” यो विषय के गर्ने र कसरी गर्ने भन्ने लामो समयमसम्म अवचेतन मनमा थियो, बालकुमारीको घटना देखेपछि नाटक गर्नैपर्छ भन्ने लाग्यो” उनले भने ।
नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउसो चार बजे मञ्चन हुनेछ । साताको तीन दिन शुक्रबार, शनिबार र आइतबार साढे सात बजेको अतिरिक्त शो पनि हुनेछ । नाटक बैशाख २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ