+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोरखाको वीरेन्द्र ताल फुट्यो : तल्लो भेगमा बाढी

बर्दिया न्युज
२०८१ बैशाख ९, आईतवार

काठमाडौं – गोरखा जिल्लाको उत्तरी भेगमा रहेको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।
‘बाढी आएको देखेपछि हामी सुरुमा आत्तियौँ । अहिले हामी सुरक्षित ठाउँमा रहन सबैलाई सचेत गराउँदै छौँ ।’ स्थानीय खेमबहादुर घलेले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको पुष्टि गरे । उनले भने, ‘तालको पानी बाहिर आएको जानकारी आएको छ, तर थप विवरण आइसकेको छैन ।’ उनका अनुसार सुरक्षाका लागि बाढी आएको क्षेत्रमा प्रहरी खटाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ