+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वेस्टइन्डिज ‘ए’सँगको पहिलो खेलमा नेपाल विजयी

बर्दिया न्युज
२०८१ बैशाख १५, शनिबार

काठमाडौं – नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टी२० करिअरको पहिलो शतक थियो ।
नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिँएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक एक रन दिएका थिए । तेस्रो बलमा गुलशनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिँएको थियो । अर्को बलमा चौका हान्दै खेल जिताए । गुलशन ९ र प्रतिश ५ रनमा नट आउट रहे ।
ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए ।
ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
वेस्टइन्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चाल्र्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।
केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे ।नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ