प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बझाङ १ ‘क’ को मतगणना अन्तिमतिर पुगेको छ।
निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म २८ हजार ५६८ मत गणना भएको छ। यो क्षेत्रमा ३० हजार ३२८ मत खसेको थियो।
अहिलेसम्मको मतगणनामा नेकपा ९एमाले०का दमनबहादुर भण्डारी ११ हजार १०३ मत सहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहको १० हजार ७६१ मत छ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा ९माओवादी केन्द्र०का जनकबहादुर बुढाले तीन हजार ७९७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादका दिलबहादुर सिंहको दुई हजार ५१० मत छ।