+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

बर्दिया न्युज
२०८१ बैशाख १८, मंगलवार

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० भोटले पछि पार्दै सुहाङ विजयी भएका हुन् । सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

२०७९ को निर्वाचनमा कांग्रेसका खड्का सुवाससँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए  अहिले छोरा सुहाङसँग फराकिलो मतान्तरमा हारेका छन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए। तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो। सुवासचन्द्र नेम्वाङले  २०५६ देखि निरन्तर चुनाव जित्दै आएका थिए। पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४५७ भोट ल्याएर तेस्रो हुँदा चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ