+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाललाई २८ रनले हराउँदै वेस्टइन्डिजले एक खेल अगावै सिरिज जित्याे

बर्दिया न्युज
२०८१ बैशाख २०, बिहीबार

वेस्टइन्डिज ‘ए’ले चौथो टी-२० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ।
बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै सिरिज जितेको हो। पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ रनले पराजित गर्यो। बिहिबारको खेलमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल १८१ रनमा समेटियो।नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक जोडे। रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन बनाए। नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो। बुधबार भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ