+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुजरातविरुद्ध ४ विकेटले विजयी भयो आरसीबी

बर्दिया न्युज
२०८१ बैशाख २३, आईतवार

इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत गए राति भएको खेलमा गुजरात टाइटन्सलाई रोयल च्यालेन्जर्स बैंगलुरुले ४ विकेटले पराजित गरेको छ।

सुरुवाति ब्याटिङ गरेको गुजरातले १४७ रन बनाएको थियो। १४८ रनको विजय लक्ष्य पछ्यएको बैंगलुरुले १३।४ ओभरमा ६ विकेट गुमाएर १५२ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

यससँगै ११ खेलमा ४ जित निकालेको बैंगलुरु अंकतालिकाको सातौँ स्थानमा छ। समान खेलमा ४ जित निकाले पनि नेट रनरेटका आधारमा गुजरात अंकतालिकाको नवौँ स्थानमा छ। अंकतालिकाको शीर्ष स्थानमा राजस्थान रोयल्स छ भने अन्तिममा मा मुम्बई इन्डियन्स छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ