+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको जनाएका हुन्। बजेटमा शैक्षिक कर्जा, जनशक्ति आपूर्ति, विश्वविद्यालय सञ्चालन, मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ। त्यस्तै विश्वविद्यालयहरू गाभ्ने विषयमा समेत अध्ययन गर्ने तथा विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिसाको सहज व्यवस्था गर्ने सरकारले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ