+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मानसिक अस्पताल पाटनको क्षमता विस्तार हुने

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले मानसिक अस्पताल पाटनको क्षमता विस्तार गर्ने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८/र८२ को वार्षिक बजेट प्रस्तुत गर्दै आत्महत्या तथा मानसिक समस्याको न्यूनीकरणका लागि अस्पतालको क्षमता बढाइने बताएका हुन्।

त्यस्तै वीर अस्पतालमा आधुनिक जलन कक्षको स्थापना गरिने तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने समेत उनले जानकारी दिएका छन्।

यसका साथै आउने आवमा बीपी कोइराला क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा तथा गजेन्द्रनाराण सिंह अस्पतालको सेवा विस्तार गरिने मन्त्री पुनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ