+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतीय लोकसभा निर्वाचन : प्रारम्भिक रुझानमा एनडीए अगाडि

बर्दिया न्युज
२०८१ जेष्ठ २२, मंगलवार

भारतको लोक सभा निर्वाचनको मत गणना जारी रहदा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको गठबन्धननै अगाडि देखिएको छ । सुरुआतीमा मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ ।

बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २९१ सिटमा अग्रता लिएको छ । कांग्रेस नेतृत्वको इण्डिया गठबन्धन २ सय ३ सिटमा अगाडि छ ।

डेढ महिना लगाएर भएको आम निर्वाचनको बिहान ८ बजेबाट गणना सुरु भएको हो ।

प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६ दशमलव ८ करोड दर्ता भएका मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताए ।

१७ औं लोकसभाको समयावधी आगामी जुन १६ मा पुरा हुदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ