+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६ किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ

बर्दिया न्युज
२०८१ असार ३, सोमबार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

३७ वर्षीय चिनियाँ नागरिक पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी)का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।  ‘काठमाडौँबाट ६ किलो सुनसहित एक जना चिनियाँ मूलका व्यक्ति पक्राउ परेका छन्। उनको साथबाट सोनाम गुरुङका नाममा निकालिएको नागरिकता पनि भेटिएको छ,’ उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सिआइबीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ