+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दार्जिलिङमा दुई वटा रेल आपसमा जुधेर दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु

बर्दिया न्युज
२०८१ असार ३, सोमबार

पश्चिम बङ्गालको दार्जिलिङमा दुई वटा रेल आपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ।

सोमबार बिहान कञ्चनजङ्घा एक्सप्रेस (१३१७४)लाई मालवाहक रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको भारतीय समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ। दुर्टनामा परी कम्तीमा ६० जना घाइते भएको पीटीआईको समाचारमा उल्लेख छ।

बिहान ९ बजेतिर भएको कञ्चनजङ्घा एक्सप्रेस पश्चिम बंगालको अगरतलाबाट सियालदह जाँदै थियो। रातो संकेतका कारण एक्सप्रेस ट्रेन सिलगढीको रंगपानी स्टेसननजिकै रुइधासामा रोकिएको थियो। त्यही क्रममा उसलाई पछाडिबाट आएको मालवाहक रेलले ठक्कर दिएको हो।

भारी वर्षाका कारण मालवाहक रेलका पाइलटले सिग्नल नदेखेकाले दुर्घटना भएको हुने सक्ने आशंका छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ