+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भत्ता दिनुपर्ने माग गर्दै संघीय संसद सचिवालयका कर्मचारीकाे धर्ना

बर्दिया न्युज
२०८१ असार ४, मंगलवार

संघीय संसद सचिवालयका कर्मचारीले धर्ना सुरु गरेका छन्। आफूहरूलाई अतिरिक्त भत्ता दिनुपर्ने भन्दै उनीहरूले धर्ना कसेका हुन्।

संसद भवन नयाँबानेश्वरमा कर्मचारीको धर्ना जारी छ। यसअघि सभामुखले राखेको बैठकमा कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका थिए।कर्मचारीका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन सभामुख देवराज घिमिरेले दिएका थिए। बैठकमा सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना मगरका साथै दलका प्रमुख सचेतकहरूसँग आन्दोलनरत कर्मचारीका मागबारे छलफल गरेका थिए।

कर्मचारीले राखेका माग जायज भएको छलफलको निष्कर्ष छ।  बैठकले मागका विषयमा अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने ठहर गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ