+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्रीको गितार उपहार

बर्दिया न्युज
२०८१ असार १२, बुधबार

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार समेत दिएका थिए। बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दु:खमा आफू साथमै रहेको बताए।

सो अवसरमा प्रधानमन्त्रीले बधाई दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ