+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, ३७ जनाको उद्धार

बर्दिया न्युज
२०८० फाल्गुन २३, बुधबार

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या छ जना पुगेको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा परी एक महिला र पाँच जना पुरुषको मृत्यु भएको हो ।
त्यस्तै सोही दुर्घटनामा परेका ३७ जनाको जीवितै उद्धार गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । बुधबार विहान पृथ्वी राजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएका छन् । हो

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ