+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दिया न्युज
२०८१ पुष १९, शुक्रबार

बर्दिया जिल्लाको ईलाका प्रहरी कार्यालय ढोढरीबाट २ जना थुनुवा फरार भएका छन् । आज विहान करिव साढे छ बजेतिर ईलाका प्रहरी कार्यालय ढोढरीको हिरासत कक्षबाट दुई जना थुनुवा फरार भएका हुन ।
फरार हुने थुनुवाहरु ज्यान मार्ने उद्दोगमा मुद्धा चलेका अजय नेपाली र राजा नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार दुई जना मध्ये अजय नेपालीलाई आज दिउँसो मधुवन नगरपालिका स्थित नेपाल भारत सिमाबाट पक्राउ गरिएको र राजा नेपाली अझै फरार भएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिर राज शाहीले बताउनुभयो । प्रहरीको लापरवाहीका कारण थुनुवाले हिरासत कक्षको ताला खोली फरार भएको बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ