+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज तराईका जिल्लामा होली मनाइँदै

बर्दिया न्युज
२०८० चैत्र १२, सोमबार

आज तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्व हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ। आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा उक्त पर्व मनाइएको थियो।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा मनाउने प्रचलन रही आएको छ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ