काठमाडौं – नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।
खेल बिहान साँढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी २० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी २० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो ।