+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजेशपायल राई पक्राउ

बर्दिया न्युज
२०८० चैत्र २२, बिहीबार

मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा गायक राजेशपायल राई पक्राउ परेका छन् । उनी गएराति पक्राउ परेका हुन् ।

राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ ।

गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ