काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।
दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ।
सरकारमा सहभागी रहेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार शाहले विश्वासको मत लिन लागेका हुन्।
५२ सदस्यीय प्रदेशसभामा उनले २७ मत जुटाउन सकेमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन्।