+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसिसी प्रिमियर लिग आजबाट : नेपालको पहिलो खेल मलेसियासँग हुने

बर्दिया न्युज
२०८० चैत्र ३०, शुक्रबार

काठमाडौँ – एसिसी प्रिमियर लिग आजबाट सुरु हुँदै छ । साबित बिजेता नेपाल र मलेसियाबिच नेपाली समयअनुसार दिनको ४:१५ बजेबाट सुरु हुनेछ ।
यसपटकको खेलमा नेपालसहित १० देशले खेल्दै छ । जसमा नेपाल, ओमान र युएईलाई बिजेताको दाबेदारको रुपमा हेरिएको छ ।
नेपालले दोस्रो खेल वैशाख २ गते खेल्नेछ । यसपटक खेल ओमानमा हुँदै छ । आज नेपालले ओमानको अल अमरेत मैदानमा खेल्दै छ ।
नेपाल र मलेसियाबिच हालसम्म ९ टि_२० आई खेल भएका छन् । नेपाल ८ र मलेसिया १ खेलमा विजयी भएका छन् । नेपाल २०२० को एसीसी इस्टर्न रिजनमा मलेसियासँग २२ रनले पराजित भएको थियो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा अल आउट भएको थियो । अन्य सबै खेलमा भने नेपाल विजयी भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ