आज पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमलगायत केही स्थानमा हावा हुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै पहाडी भू-भागमा बदली हुनेछ ।
अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा बदली भइरहेको छ ।
आगामी २४ घण्टामा पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावा हुरी आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै बुधबार केही स्थानमा बदली हुनेछ । कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत तराई भू-भागका केही स्थानमा हावा हुरीको सम्भावना छ ।
बिहीबार पहाडी भू-भागमा बदली हुनेछ । कोशी, गण्डकी र कर्णालीका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।