आज प्रतिनिधि सभा बैठक बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले उठाएका प्रश्नको जवाफ आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन्।
प्रधानमन्त्री ओलीले चौथोपटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक सांसदहरूसँग प्रश्नोत्तर गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले आइतबार मात्रै प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए।