+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उद्धार कार्य सकिएपछि खुल्यो विमानस्थल

बर्दिया न्युज
२०८१ श्रावण ९, बुधबार

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

केहीबेर आकाशमा होल्ड गरेपछि भुटानबाट आएको भुटान एयरको जहाज अवतरण गरिएको छ।  बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ।

घाइते क्याप्टेन मनिष शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ