+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टी-२० मा अमेरिकालाई घरेलु मैदानमा हरायो नेपालले

बर्दिया न्युज
२०८१ कार्तिक २, शुक्रबार

अमेरिकाविरुद्धको पहिलो टी-२० खेलमा नेपाल विजयी भएको छ।

नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई शृंखलामा सुखद सुरुआत गरेको हाे।

शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले १७ रनको जित हासिल गरेको हो। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रन बनाएको थियो।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए। ३३ बलमा चार चौका र एक छक्का प्रहार गरेका उनी रन आउट भए।ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए।

मध्यक्रमका दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट हुँदा गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रनको योगदान दिए। अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले समान दुई विकेट लिए। अली खान र नोस्टुश केन्जिगेको नाममा समान एक विकेट रह्यो।

अमेरिका शायन जहाँगीरले सर्वाधिक ६० रन बनाए। ३४ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। यस्तै, अन्द्रेस गौस ३०, मलिन्द कुमार २२ र जसदीप सिंह १६ रनमा आउट भए।

नेपालले दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ