+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु

बर्दिया न्युज
२०८१ कार्तिक २६, सोमबार

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ।

जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग २ च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो।

उनका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन्।

भ्यान सडकदेखि पाँच सय मिटरभन्दा धेरै तल खसेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ