+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बारबर्दिया नगरपालिकाको १६औं नगर सभा सम्पन्न, आर्थिक प्रगति र योजना प्रस्तुत

अजय चापागाईं
२०८१ पुष २२, सोमबार

बारबर्दिया नगरपालिकाको १६औं नगर सभा तथा हिउदे अधिवेशन आज आईतबार सम्पन्न भएको छ । सभामा चालु आर्थिक वर्षको आय-व्यय विवरण, लक्ष्य प्राप्ति, र आगामी योजना प्रस्तुत गरिएको छ ।

नगर प्रमुख छबिलाल थारुले सभामा विभिन्न प्रस्ताबहरु प्रस्तुत गर्दै नगरका निति-नियमहरु सभाबाट पास गर्नुभएको छ । प्रमुख वडघरलाई मासिक रु ५००।- को रिचार्ज खर्च दिने, कर्मचारिहरुलाई नास्ता वापत मासिक रु १०००।- भत्ता दिने, कार्यपालिका बैंठक भत्ता कटौती गर्ने लगाएतका प्रस्ताब सभाले पारित गरेको छ ।

चालु आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार हालसम्म रु. १,१३,४३,१००।- राजस्व संकलन गरिएको छ, जुन वार्षिक लक्ष्यको ४४.८८% हो। नदीजन्य पदार्थको बिक्रीबाट प्राप्त हुने आय बाहेक नगरपालिकाले अन्य श्रोतहरूबाट उल्लेख्य प्रगति गरेको छ।

आय र खर्चको अवस्थालाई हेर्दा हालसम्म कुल जम्मा आय वार्षिक लक्ष्यको ४२.६०% पुगेको छ। खर्चतर्फ चालु तर्फको खर्च २९.१६% र पुँजीगत खर्च १२.७९% गरी कुल खर्च २२.७१% रहेको छ।

सभामा नगरपालिकाले आगामी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विकास र सेवाप्रवाहलाई थप पारदर्शी र नतिजामुखी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

नगर सभामा जनप्रतिनिधि, कार्यपालिका सदस्य कर्मचारी, र पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अजय चापागाईं

ट्रेन्डिङ