सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्समाथि ३१ रनको जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा हैदराबाद इन्डियन्सले प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २७७ रनको योगफल खडा गर्यो ।
यो योगफलसँगै रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इंडिया विरुद्ध बनाएको २६३ रनको योगफलको कीर्तिमान टुटेको छ ।
हैदराबादका लागि हेन्रीक क्लासनले ३४ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन जोडे भने ट्राभिस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए । एइडन मारक्रमले २८ बलमा ४२ रनको योगदान गरे ।
मुम्बईमा सबै बलर महङ्गो सावित भए । १७ वर्षीय दक्षिण अफ्रिकी बलर क्वेना मफाकाले ४ ओभरमा ६६ रन खर्चिए । त्यस्तै कप्तान हार्दिक पाण्डेयाले ४६, जेराल्ड कोटजीले ५७ रन दिँदै १–१ विकेट पनि लिए । अर्को एक विकेट पियुस चावलाले लिए । उनले २ ओभरमा ३४ रन खर्चिएका थिए । जस्पृत बुम्राहले ४ ओभरमा ३६ रन खर्चिए ।
जवाफमा मुम्बईमेल ५ विकेट गुमाएर २४६ रन बनाउन सक्यो । मुम्बईमा तिलक वर्माले सर्वाधिक ६४ रन बनाए । उनले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गरे । यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० तथा रोहित शर्माले २६ रन बनाए ।
जयदेव उनादकट र प्याट कमिन्सले समान २–२ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए ।
यो हैदराबादको यस संस्करणको पहिलो जित हो । मुम्बई भने दुवै खेलमा पराजित भएको छ ।