+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सादा पोशाकमा प्रहरी जनशक्ति परिचालन नगर्न गृहमन्त्रीकाे निर्देशन

बर्दिया न्युज
२०८० चैत्र १५, बिहीबार

काठमाडौं । नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज परिपत्र गर्दै सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि सो निर्देशन जारी गरिएको परिपत्रमा भनिएको छ।

‘‘त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक)  तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिइ निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ’, परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ