+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुनः परीक्षा समस्याको समाधान हाेइन : शिक्षामन्त्री श्रेष्ठ

बर्दिया न्युज
२०८० चैत्र १६, शुक्रबार

काठमाडौं – शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा समस्याको समाधान नभएको बताएकी छन् ।

स्नातक तहको प्रथम वर्षको दुई वटा विषयको उत्तरपुस्तिका हराएपछि त्रिविले चैत २१ गतेदेखि पुनः परीक्षा लिने कार्यतालिका सार्वजनिक गरोपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेकी हुन् ।
त्रिविले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिसकेको छ।

यस्तो छ मन्त्री श्रेष्ठको भनाइः

नियमित जस्तो भइरहेका यस्ता घटनाहरूबारेमा हामी जानकार छौँ । यसबाट परिक्षार्थीहरूमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शंकाप्रति सबै सजग र संवेदनशील हुनै पर्छ ।

उत्तरपुस्तिका हराएका परिक्षार्थीहरूको पुनः परीक्षाबाट मात्र यस्ता समस्या समाधान हुने होइनन् । यस्ता घटनाहरू दोहोरिन नदिन घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ ।

यसका लागि त्रि। वि। सभा तथा कार्यकारी परिषदको सचिवालयले गठन गरेको समितिले निष्पक्ष, निर्भिक र परिणाममुखी कार्य गर्ने वातावरण बनाउन शिक्षा मन्त्रालयले हदैसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ