+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण हाे : प्रधानमन्त्री प्रचण्ड

बर्दिया न्युज
२०८० चैत्र १६, शुक्रबार

काडमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन्।

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएको बताए।
कार्यक्रममा बोल्दै प्रचण्डले महिलाको यति नै प्रगतिमा सन्तुष्ट हुने अवस्था नरहेको बताउँदै महिलाहरुको सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक रहेको बताए। महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ