+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनाइटेडलाई सकस बन्दै आगामी सिजनकाे च्याम्पियन्स यात्रा

बर्दिया न्युज
२०८० चैत्र १८, आईतवार

काठमाडाैँ – ब्रेन्टफोर्डसँग १-१ को बराबरी खेलेपछि म्यानचेस्टर युनाइटेडलाई आगामी सिजनको च्याम्पियन्स लिगको यात्रा निकै सकसपूर्ण हुने देखिएको छ ।

शनिबार भएको खेलमा दोस्रो हाफको इन्ज्युरी समयको छैटौँ मिनेटमा मेसन माउन्टले गोल गरे पनि ब्रेन्टफोर्टका लागि क्रिस्टोफर अजरेले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा गोल गरेपछि बराबरीमा रोकिएको छ । यो नतिजाले युनाइटेडलको च्याम्पियन्स लिग सपनामा आघात पुगेको छ ।

युनाइटेड ४८ अंकमा छैटौं स्थानमा छ । एस्टन भिल्लाले भने उल्भ्सलाई २–० ले हराएर शीर्ष चारमा रह्यो । भिल्ला ५९ अंकमा चौथो स्थानमा छ । टोटनहम तीन अंकको दूरीमा पाँचौंमा छ ।

टोटनहम भने लुटन टाउनमाथि २–१ ले विजयी रह्यो । अन्य खेलमा बर्नमाउथले एभरटनलाई २–१ ले हरायो भने चेल्सीले बर्नलीसँग २–२, नटिङघम फरेस्टले क्रिस्टल प्यालेससँग १–१ र सेफिल्ड युनाइटेडले फुलहमसँग ३–३ को बराबरी खेल्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ