+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्न नेपाली कांग्रेसकाे माग

बर्दिया न्युज
२०८० चैत्र १८, आईतवार

काठमाडौं – नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीको छानबिनको माग गर्दै सदन सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएको थियो। बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएका कुरालाई सत्तापक्षले गम्भीर रुपम नलिएको जनाए। सांसद गौतमले गृहमन्त्री लामिछानेमाथि सहकारी रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने भन्दै तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी घोटलामा छानबिन गर्ने र दोषी उम्किन नदिने प्रतिवद्धता जनाएपनि सरकार फेरिएसँगै परिस्थिति फेरिएको बताए।

‘गोरखा मिडिया प्रालिमा जम्मा भएको सहकारीको करोडौं बचत कसरी, कहिले फिर्ता हुने हो ? रामशरण महत, गोकुल बास्कोटा, कृष्णबहादुर महरा, जनार्दन शर्माजस्तो नैतिकताको प्रश्न उठेको बेला गृहमन्त्रीले पनि सहज बनाइदिन उनले आग्रह गरे। प्रधानमन्त्रीले ठूलो माछा च्यापेर सानालाई मात्र कारबाही गरेर कसरी हुन्छ भन्दै उनले आक्रोस व्यक्ति गरे।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ