+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वीर अस्पतालमा तत्काल जनशक्ति थप्न सांसद तोसिमा कार्कीको माग

बर्दिया न्युज
२०८० चैत्र १८, आईतवार

काठमाडौं – वीर अस्पतालमा स्वास्थ्य जनशक्ति थप गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले तत्काल जनशक्ति थप गरी पूर्ण रूपमा सेवा सञ्चालन गर्न माग गरेकी हुन्।
आईसीयू र शल्यक्रिया बेड नपाएर सयौँ बिरामी फर्किनुपरेको भन्दै यसको मुख्य कारण जनशक्ति अभाव रहेको बताइन् । पूर्वस्वास्थयमन्त्री मोहनबहादुर बस्नेतप्रति लक्षित गर्दै सांसद कार्कीले यसअघिका स्वास्थ्यमन्त्रीले २७६ जना जनशक्तिलाई एकैपटक निकालेर वीर अस्पताललाई ध्वस्त पारेर गएको आरोप लगाइन्। कार्कीले अस्पतालमा स्वीकृत ८३१ जनशक्तिप तत्काल थप गर्न समेत माग गरिन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ