+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्सनल र सिटीले बराबर खेल्दा लिभरपुललाई फाइदा

बर्दिया न्युज
२०८० चैत्र १९, सोमबार

काठमाडौं – इङ्लिस प्रिमियर लिगअन्तर्गत यस सिजनका दुई दावेदार टोली म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीलाई स्पष्ट जितको आवश्यक भए पनि दुवै टोलीले स्पष्ट मौकाहरु सिर्जना गर्न पनि सकेनन् र खेल बराबरीमा टुङ्गिएको हो ।
यो बराबरी लिभरपुलका लागि भने फाइदाजनक सावित भएको छ । आज नै भएको खेलमा ब्राईटन विरुद्ध पुनरागमन जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

डयानी वेलबेकले दोस्रो मिनेटमा नै ब्राईटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

यो सँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलमा ६७ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २९ खेलमा ६५ अंक छ ।
म्यानचेस्टर सिटी भने २९ खेलमा ६५ अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ