+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ

बर्दिया न्युज
२०८० चैत्र २१, बुधबार

काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।

मंगलबार एमालेबाट स्वास्थ्यमन्त्री श्रेष्ठसहित चार जना मन्त्रीहरुले सपथ लिएका छन् । सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेसँगै उनले एमालेबाट मंगलबार थप चार जना मन्त्री थपेका हुन् ।  रामेश्वर यसअघि २०७९ माघमा पनि एमालेबाट बागमतीको स्वास्थ्यमन्त्री बनेका थिए । उनी वि. सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ