+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आकस्मिक रूपमा बाेलाए संसदीय दलकाे बैठक

बर्दिया न्युज
२०८० चैत्र २२, बिहीबार

काठमाडाैँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । उनी राजिनामा दिने तयारीमा छन् ।

केन्द्रकाे सत्ता गठबन्धनमा परिवर्तन अाएसँगै प्रदेशकाे सरकार पनि उथलपुथल भएकाे बेला प्रदेशसभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्री शाहले दलको बैठकपछि प्रदेश प्रमुख नजिर मियाँ कहाँ राजीनामा दिन लागेका हुन् ।

दलको बैठकमा सहभागी एक जना सांसदले आकस्मिक रूपमा बैठक बोलाएको बताए । यसअघि कांग्रेस संसदीय दलको बैठक बिहान बसेको थियो । तर त्यस बैठकमा निर्णय गर्ने अधिकार दलको नेता समेत रहेका मुख्यमन्त्री शाहलाई दिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ