+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपनिर्वाचनका उम्मेद्दारविरुद्ध आज उजुरी दिन सकिने

बर्दिया न्युज
२०८० चैत्र २५, आईतवार

आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेद्दारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइनेछ।

बैशाख १५ मा हुने उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि हिजो (शनिबार) उम्मेदवारी दर्ता भएको थियो । उम्मेद्दारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने निर्वाचन आयोगले जनाएको छ। कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सकिने छ । २६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझ हुने छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

आयोगका अनुसार इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जनाले तथा बझाङ क्षेत्र नम्बर १ ९१०मा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन दर्ता भएको छ । २७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका छ ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ