+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आयल्यान्ड उल्भ्सले दियाे नेपाल ए लाई २८५ रनको विशाल लक्ष्य

बर्दिया न्युज
२०८० चैत्र २५, आईतवार

आयल्यान्ड उल्भ्सले तीन एक दिवसीय शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ।
तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई जितका लागि दुई सय ८५ रनको लक्ष्य दिएको हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो।
आयरल्यान्डका लागि ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीले उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीका लागि एक सय सात रनको योगदान गरे । यस क्रममा उनले एक सय २९ बलको सामना गरी दुई छक्का र आठ चौका बनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ