प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन्।
सभामुखको कार्यकक्ष सिंहदरवारमा दिउँसो २ बजेदेखि प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूबीच छलफल हुने बताइएको छ। नेपाली कांग्रेसले गृहमन्त्री रावि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति नबने संसद अवरोध गर्ने चेतावनी दिएछि यसै विषयमा छलफलका लागि बैठक बाेलाइएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा निरन्तर सदनमा छानबिन समिति बनाउन माग गरेपनि हालसम्म समिति नबनेपछि संसद् बैठक चल्न नदिने कांग्रेसको चेतावनी छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद् बैठकमा बोल्दै अबको संसद बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक अवरोध गर्नेभन्दै अल्टिमेटम दिएका थिए।