+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय सभा बैठकमा आज उपाध्यक्षको निर्वाचन

बर्दिया न्युज
२०८० चैत्र २८, बुधबार

काठमाडौं – राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुने कार्ययोजना रहेको छ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।
आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरुलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिनेछन् ।
एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्नेछन् ।
त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने संघीय संसद सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनसँग बहमुत भएकाले राष्ट्रिय सभा उपाध्यक्ष पदमा कपिलवस्तुकी घिमिरे निर्वाचित हुने पक्काजस्तै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ