+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ वर्षको पहिलो कारोबार दिन सुनको मूल्य घट्यो

बर्दिया न्युज
२०८१ बैशाख २, आईतवार

नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोलामा २ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको हो। आइतबारका लागि छापावाल सुनको मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ।

२०८० को अन्तिम दिन शुक्रबार छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको सूनको मूल्य ऐतिहासिक बढी हो। आइतबार चाँदीको मूल्य पनि घटेको छ। एक तोला चाँदीको मूल्य ५० रुपैयाँले घटेर तोलाको १७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ