+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चितवनमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

बर्दिया न्युज
२०८१ बैशाख २, आईतवार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु भएको छ ।

शनिबार बिहान ११:५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखाको आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहामा बस्दै आएका ३२ वर्षीय सुवास रेग्मीको मृत्यु भएको हो ।

गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १:३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता श्रीराम भण्डारीले बताए । रेग्मी सौराहाको जङ्गल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए ।

रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको तिवारीले बताए ।

“निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना बिरलै हुने गरेको छ,” तिवारीले भने, “नयाँ वर्षको दिन दुःखद् घटना भयो ।”

नेचर गाइड रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ