बर्दिया, नेकपा बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियामा लाखौ रुपैयाको औषधि सामाग्री हस्तान्तरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क ८० हजार थान , सेनिटाइजर ५० लिटर , फिवर गन १५ वटा र पिपिई ५० स्थान नेकपाका बर्दिया अध्यक्ष भवनकुमार चौधरीले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई हस्तान्तरण गर्नु भएको हो ।
बर्दिया पनि उच्च जोखिममा रहेको बताउदै नेकपा बर्दियाका अध्यक्ष भवनकुमार चौधरीले यस सहयोगबाट कोरोना भाईरस कोभिड १९ का लागी अग्रपंत्तिमा रहने लागी सहयोग हुने विश्वास व्यक्त गर्नु भयो । साथै उहाले नेकपाका उपाध्यक्ष बामदेव गौतमको सहयोगमा स्वास्थ्य सामाग्री उपलव्ध गराइएको बताउनु भयो
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यसरी प्राप्त भएको स्वास्थ्य सामाग्री स्थानिय तह तथा सुरक्षा निकायर र स्वास्थ्यकर्मिलाई उपलव्ध गराइने बताउनु भयो ।